सोमबार, भदौ १५, २०८३

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले अहिलेसम्म २५३ इलेक्टोरल भोट पाएका छन् । 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । 

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले अहिलेसम्म २५३ इलेक्टोरल भोट पाएका छन् । 

उनका प्रतिस्प्रर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी समाचार संस्था सीएनएनले लेखेको छ । 

बुधबारसम्म कडा प्रतिस्पर्धा देखिएको अमेरिकी चुनावमा बिहीबार बिहानबाट बाइडेनले ३९ इलेक्टोरल भोटले अग्रता लिएका छन् । 

हाल हुलाकबाट गरिएको मतदानको मतगणना जारी रहेको छ । हुलाकबाट गरिएको मतदानको मतगणनाका लागि समय लाग्ने निर्वाचन अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । 

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सभानिया, विसकन्सिन र मिसिगनलगायतका राज्यमा मतगणना जारी रहेको छ । मिसिगनका निर्वाचन प्रमुखले अझै एक लाख मतगणना बाँकी रहेको बताएका छन् ।

हारको जोखिम बढेसँगै बहालवाला राष्ट्रपति ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । 

यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन् । उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् ।

बाइडेन पक्षले भने ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै मतगणना नरोकिने जनाएको छ ।
 

प्रकाशित: Nov 05, 2020| 02:24 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।