सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेस पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेसको पदाधिकारीमा एक तिहार्इ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं- कांग्रेसको पदाधिकारीमा एक तिहार्इ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। 

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्रियामा सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरेका हुन्।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्न कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एक तिहाइ समावेश गर्नुपर्ने बताइन्। 

‘देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ,’ उनले भनिन्।  

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रेसले पार्टी क्रियाशील सदस्य कम्तीमा एक तिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताइन्। 

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने धारणा राखिन्। 

कार्यक्रममा महिला नेत्रीहरुले दिनानुदिन शृङ्खलाबद्धरूपमा भइरहेको महिला माथिको हिंसा, बलात्कार र हत्याको भत्र्सनासमेत गरेका छन्। 

यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन्। 

उनीहरुले कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने सम्भावना देखिइसकेकाले सरकारसँग निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको मागसमेत गरे।  

प्रकाशित: Nov 05, 2020| 02:23 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।