सोमबार, भदौ १५, २०८३

अर्नब गोस्वामीलाई १४ दिन हिरासतमा राख्न आदेश

भारतको टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नश गोस्वामीलाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

भारतको टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नश गोस्वामीलाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। आत्महत्या दुरुत्साहनको आरोपमा गोस्वामी हिजो पक्राउ परेका थिए। 

मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीको एक टोली हिजो बिहानै गोस्वामीको घर पुगेर उनलाई भ्यानमा हालेर लगेको थियो। 

समाचार संस्था पीटीआईका अनुसार गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा समातिएको हो। ५३ वर्षीय एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप गोस्वामीलाई लागेको छ।

घटना सन् २०१८ को हो। मे २०१८ मा एक इन्टेरियर डिजाइनरले गोस्वामीको रिपब्लिक नेटवर्क स्टुडियो डिजाइन गरेको रकम भुक्तान नगरेको भनेर चिठी लेखेका थिए। त्यसको केही समयमा ती डिजाइनरले आत्महत्या गरेका थिए। 

प्रहरीले भने गोस्वामीलाई कुन मामलामा पक्राउ गरिएको हो भनेर आधिकारिक रुपमा बताएको छैन।   

मुम्बई प्रहरीको टोली गोस्वामीको घरभित्र पसेको र घम्साघम्सी भएको भिडियो फुटेज रिपब्लिक टिभीले प्रशारण गरिरहेको छ। पहिले नै फाइल बन्द भएको मामलामा गोस्वामीलाई पक्राउ गरिएको टिभी च्यानलले बताएको छ। 

यसैबीच, केन्द्रीय सूचना प्रशारण मन्त्री प्रकाश जावडेकरले गोस्वामी पक्राउको निन्दा गरेका छन्। यो घटनाले इमर्जेन्सीको समयको याद दिलाएको पनि उनले बताएका छन्।

प्रकाशित: Nov 05, 2020| 01:15 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।