सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले सहयोग गर्ने

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले सहयोग गर्ने

अर्थमन्त्री विष्णु पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन्।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका हुन्।

उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराएकी थिइन्।

आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो।

प्रकाशित: Nov 04, 2020| 14:15 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।