सोमबार, भदौ १५, २०८३

प्रदेश १ मा ४२२ जना डिस्चार्ज, ३०४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४,  उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २,  इलामको चुलाचुली र  स्थानीय तह नखुलेका १–१ र  प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ।

प्रदेश १ मा बुधबार होम आइसोलेसनबाट २३४ सहित विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुबाट गरी ४२२ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा बुधबार १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ। 

परीक्षण गरिएका मध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: Nov 04, 2020| 12:36 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।