सोमबार, भदौ १५, २०८३

होम आइसोलसनमा बसेका अस्पतालका कर्मचारीको मृत्यु

सप्तरीमा कोरोना संक्रमित एक युवकको होम आइसोलेसनमै मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

पर्सा- सप्तरीमा कोरोना संक्रमित एक युवकको होम आइसोलेसनमै मृत्यु भएको छ।

गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजको फार्मेसीमा कार्यरत २८ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

केही दिनअघि कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए।

सुरुमा ज्वरो देखिए पनि पछिल्लो चार दिनयता उनको स्वास्थ्य अवस्था सामान्य रहेकोमा अचानक उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित: Nov 04, 2020| 12:24 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।