सोमबार, भदौ १५, २०८३

पाँचथरको फिदिममा दुई साताका लागि बन्दाबन्दी

पाँचथरको फिदिममा आज एकै दिन १४ जना कोरोना संक्रमित थपिएपछि १५ दिनका लागि बन्दाबन्दी जारी गरिएको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

फिदिम– पाँचथरको फिदिममा आज एकै दिन १४ जना कोरोना संक्रमित थपिएपछि १५ दिनका लागि बन्दाबन्दी जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत बुधबार मध्यरातबाट आगामी मंसिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यकबाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउनेछन्। 

प्रशासनले अत्यावश्यकबाहेकका दुई पांग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ। 

नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन्।  जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ। रासस

प्रकाशित: Nov 04, 2020| 12:03 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।