काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको विवरणअनुसार काठमाडौंमा २५६, भक्तपुरमा ६८ र ललितपुरमा ६४ जनाको निधन भएको छ।
यस्तै उपत्यकामा आजसम्म काठमाडौंमा ६७ हजार ३५८, भक्तपुरमा ६ हजार ८५ र ललितपुरमा नौ हजार ५०३ जना गरी ८२ हजार ९४६ जनामा कोरोना संक्रमण भएको छ।
१९ हजार ८०८ जना कोरोना भाइरससँग जुधिरहेका छन्। तीमध्ये काठमाडौंमा १६ हजार ४२०, भक्तपुरमा एक हजार ११४ र ललितपुरमा दुई हजार २७४ जना छन्।
उपत्यकामा कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७५० पुगेको छ। काठमाडौंमा ५० हजार ६८२ जना कोरोनामुक्त भएका छन् भने भक्तपुर र ललितपुरमा यो संख्या क्रमशः चार हजार ९०३ र सात हजार १६५ छ।
यस्तै काठमाडौंमा १० हजार ९३१, भक्तपुरमा एक हजार ७३० र ललितपुरमा दुई हजार २४५ जना होस आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार ८७८ जनामा कोरोना संक्रमण भएको छ।
नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ जना पुगेको छ। तीमध्ये एक लाख ४४ हजार ९७८ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ७९.३ प्रतिशत छ।
भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ७८ छ। यस्तै ३७९ जनाले आईसीयूमा उपचार गराइरहेका छन्।
देशभर आजसम्म मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा ५१४ जनाको ज्यान गएको छ। कोरोना संक्रमणबाट प्रदेश १ मा १२७, प्रदेश २ मा १५९ र गण्डकीमा ५९ जनाकाे मृत्यु भएकाे छ।
लुम्बिनीमा १४४, कर्णालीमा १३ र सुदूरपश्चिममा १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयको विवरणमा उल्लेख छ।