पोखरा- गण्डकी प्रदेशका विभिन्न जिल्लामा फेरि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार साँझ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार कास्कीका मात्रै २२ जनामा संक्रमण पुष्टि भएको छ। ती सबै पोखरा महानगरपालिकाका विभिन्न वडाका हुन्।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १६, म्याग्दीका १३, तनहुँका ११ र लमजुङका ६ जनामा पनि कोरोना पुष्टि भएको छ।
उनीहरु सबैको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।
पछिल्लो पटक थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १७२ पुगेको छ।