सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने

होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जुन प्रयोगशालामा परीक्षण गराएको हो, सोही प्रयोगशालाले संक्रमितलाई परामर्श दिनुपर्ने निर्णय गरेको हो।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने मेडिकल कलेज वा अस्पतालले रिपोर्ट पोजेटिभ भएका संक्रमितलाई होम आइसोलेसनमा टेलिकाउन्सेलिङ गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। 

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जुन प्रयोगशालामा परीक्षण गराएको हो, सोही प्रयोगशालाले संक्रमितलाई परामर्श दिनुपर्ने निर्णय गरेको हो।

साथै अस्पताल नभएका प्रयोगशालाले भने सरकारी वा निजी तवरबाट सञ्चालित अस्पतालसँग समन्वय गरी परामर्श दिनुपर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

साथै बैठकले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पतालको सञ्चालन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
 

प्रकाशित: Nov 04, 2020| 11:00 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।