काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्ला ३ दिनमा ३७ हजार ७५६ जनाको कोरोना परीक्षण गरिएकोमा ९ हजार ३५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन्। १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लाे २४ घण्टामा ३ हजार ८४४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ।
त्यस्तै पछिल्लाे २४ घण्टामा हालसम्मकै सर्वाधिक ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ।