काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा अहिलेसम्मकै धेरै हो।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ।
हिजाे मंगलबार २० जना, अस्ति साेमबार २४ जना र आइतबार २३ जना संक्रमितकाे मृत्यु भएकाे थियाे।
आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा ३७९ जना छन् भने भेन्टिलेटरमा ७८ जना छन्।