काठमाडौं– वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन्।
विभागमा कार्यरत मेडिकल अधिकृतका माग पूरा नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।
उनीहरुले अस्पतालमा काम गर्दा उपयुक्त स्रोतसामग्री उपलब्ध नगराएको, दैनिक ज्यालादारीमा कार्यरत भनेर चाडबाडको भत्ता नदिएको र जबरजस्ती काममा लगाएको भन्दै राजीनामा दिएको बताएका छन्।
आफ्ना माग सुनुवाइमा अस्पताल प्रशासनले चासो नदिएपछि बाध्य भएर राजीनामा दिनुपरेको राजीनामापत्रमा उल्लेख छ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने चिकित्सकहरुलाई काम गर्ने वातावरण सहज भएको दाबी गरेका छन्। उनले भने, तोकिएअनुसार नै मासिक तलब दिएका छौं। उहाँहरूलाई दैनिक ज्यालादारीका रुपमा हेरिएको छैन।’
अस्पतालमा खर्च व्यवस्थापन गर्ने क्रममा कहिलेकहीं तलब दिन ढिलाइ हुने गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ।