काठमाडौं– नेपाली कांग्रेसले वीर अस्पतालका चिकित्सकले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘वीर अस्पतालमा चिकित्सकको सामूहिक राजीनामा किन? अघि सारिएका माग र भावना अविलम्ब सम्बोधन गर।’
उनले सत्ताको युद्धबाट थोरै फुर्सद निकालेर महामारीविरुद्ध लडिरहेकाको माग सुन्न आग्रह गरेका छन्।
उनले भनेका छन्, 'नभुलौं, संसारले आजको युद्ध जित्ने स्वास्थकर्मीहरुकै नेतृत्वमा हो।’