सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्त २३ वर्ष पछि पक्राउ

सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्त २३ वर्ष पछि पक्राउ

काठमाडौं– सहकर्मीको हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २३ वर्षपछि पक्राउ गरेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– सहकर्मीको हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २३ वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रामेछापको खाडदेवी गाउँपालिका– घर भई हाल ललितपुर महानगरपालिका–५ थसीखेल महालक्ष्मीस्थान बस्ने ४७ वर्षीय मानकाजी श्रेष्ठ छन्।

ब्यूरोबाट खटिएको टोलिले बुधबार ललितपुर महानगरपालिका– ५ थसीखेलबाट पक्राउ गरेको हो। आवश्यक कारवाहीको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता एसपी बेलवहादुर पाण्डेले जानकारी दिए। 

काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्व मन्दिर नजिक १६ कात्तिक २०५४ मा काभ्रे पनौती घर भएका १८ वर्षीय श्याम खड्काको हत्या भएको थियो।

खड्काकै सहकर्मी ध्रुव भन्ने मानकाजी श्रेष्ठ समेतले हत्या गरी फरार रहेका थिए। श्रेष्ठको नाममा काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रकाशित: Nov 04, 2020| 08:38 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।