सोमबार, भदौ १५, २०८३

ओली भन्छन्, म अहिले राजीनामा दिनेवाला छैन

‘मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतर्फ लैजानु हो। के अहिले मैले राजीनामा दिन हुन्छ? के अहिले मैले राजीनामा दिन मिल्छ? देशका लागि पनि  म राजीनामा दिनेवाला छैन।’
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तत्काल पदबाट राजीनामा दिने पक्षमा नरहेको बताएका छन्।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा बुधबार सम्बोधन गर्दै ओलीले आफूले अहिले पदबाट राजीनामा दिए देश बरबादीतर्फ धकेलिने बताए।

उनले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतर्फ लैजानु हो। के अहिले मैले राजीनामा दिन हुन्छ? के अहिले मैले राजीनामा दिन मिल्छ? देशका लागि पनि  म राजीनामा दिनेवाला छैन।’

उनले आफूलाई हटाउन भित्रबाहिरबाट विभिन्न चलखेल भइरहेको बताए। उनले भने, ‘अस्थिरतातर्फ धकेल्ने प्रयासको कुलतमा लागेकाहरुले आलोचना गरिरहेका छन्।’

ओलीले  आफू रहरले नभएर जनताको विश्वासले प्रधानमन्त्री बनेको बताए। उनले भने, ‘म यस ठाउँमा आएको रहरले होइन जनताको आवश्यकता र समर्थनले हो। जालझेल र तिकडमबाट होइन।’

उनले सरकार परिवर्तन हुन्छ भनेर शंका नगर्न पनि आग्रह गरे। ओलीले सरकारले स्थिरताका लागि र जनताको जीवनमा परिवर्तन ल्याउन काम गरिरहेको पनि बताए। उनले अर्को प्रसंगमा कोरोना भाइरसविरुद्धको लडाइँमा पनि विजय प्राप्त गर्ने दाबी गरे।
 

प्रकाशित: Nov 04, 2020| 08:27 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।