सोमबार, भदौ १५, २०८३

मुख्यमन्त्रीको गाउँपालिका प्रशासनिक भवन शिलान्यास

क्लोहोलासोथर मुख्यमन्त्री गुरुङको गृह गाउँपालिका हो। उक्त गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङ मुख्यमन्त्रीकी पत्नी हुन्। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको क्व्होलासोंथर गाउँपालिको प्रशासनिक भवन बुधबार शिलान्यास गरेका छन्।

क्लोहोलासोथर मुख्यमन्त्री गुरुङको गृह गाउँपालिका हो। उक्त गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङ मुख्यमन्त्रीकी पत्नी हुन्। 

गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिका केन्द्र मालिङमा निर्माण गर्न गण्डकी प्रदेश सरकारले पहिलोपटक एक करोड र अर्को पालि ५० लाख रुपैयाँ छुट्याएको मुख्यमन्त्री गुरुङले बताए।

गाउँपालिका अध्यक्ष प्रेम घलेका अनुसार गाउँपालिकाले पनि ५०÷५० लाख गरी एक करोड रुपैयाँ छुट्याएको छ। भवन पूरा गर्न चार करोड १९ लाख रूपैयाँ लाग्नेछ।

आवश्यक रकम प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछन्। तीनतले आरसीसी भवन २०७९ असोज ३० गतेभित्र सक्ने गरी रविना, अविशा, बिकन जेभीले निर्माण सम्झौता गरेको छ।
 

प्रकाशित: Nov 04, 2020| 07:38 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।