सोमबार, भदौ १५, २०८३

पूर्वसभामुख महराकी श्रीमतीको कोरोनाबाट मृत्यु 

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

स्वासप्रश्वासमा समस्या देखिनुका साथै निमोनिया भएपछि महरा पत्नी सीतालाई  दाङस्थित गोर्खा अस्पतालबाट हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचारत उनको आज बिहान मृत्यु भएको हाे । 

दसैं मनाउन पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। 

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। 

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।  १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार (आज) बिहान ६ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । 

वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी सीताको २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।
 

प्रकाशित: Nov 04, 2020| 02:29 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।