आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल लिग चरणको आज अन्तिम खेल : शान्त मुम्बई, छटपटीमा हैदराबाद

आईपीएल लिग चरणको आज अन्तिम खेल : शान्त मुम्बई, छटपटीमा हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणमा आज अन्तिम तथा ५६ औं खेल हुँदैछ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणमा आज अन्तिम तथा ५६ औं खेल हुँदैछ। शारजहा रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ।

आजको खेलले मुम्बईलाई असर गर्नेछैन। उसले यसअघि नै आईपीएल अंक तालिकाको शीर्षस्थानमा रहँदै क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। यता हैदराबादलाई भने आजको खेल निर्णायक हुनेछ।

उसले जित निकालेको खण्डमा इलिमिनेटरमा पुग्नेछ भने पराजित भएमा प्रतियोगिताबाटै बाहिरिनेछ।

हैदराबाद अहिले १३ खेलबाट ६ जित र ७ हारका साथ पाँचौ स्थानमा छ। रन रेटमा बलियो देखिएको हैदराबादले जित निकालेमा ऊ सीधै तेस्रो स्थानमा पुग्नेछ। जसले उसलाई इलिमिनेटरमा स्थान दिलाउने छ।

तर हैदराबादलाई मुम्बई निकै ठूलो चुनौति हो। मुम्बईका सबै खेलाडी फर्ममा छन्। मुम्बई १८ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा छ। त्यसैले हैदराबादलाई आजको खेल महत्वपूर्ण हुनुका साथै चुनौतिपूर्ण पनि हुनेछ।

जारी आईपीएलमा पहिलोपटक भेट हुँदा मुम्बईले हैदराबादलाई ३४ रनले हराएको थियो। शारजहामै भएको उक्त खेलमा हैदराबादले २०८ रनको लक्ष्य भेट्न सकेको थिएन।

आईपीएलमा यी दुई टिमबीच भएका १५ खेलमा पनि मुम्बईले ८ र हैदराबादले ७ जित निकालेको छ। त्यसैले मुम्बई हैदराबादविरुद्ध दबदबा कायम राख्न चाहन्छ।

आजको खेलमा कप्तान रोहित शर्मा मैदान फर्कन सक्ने अनुमान गरिएको छ। चोटका कारण उनी मुम्बईको चार खेलमा मैदान प्रवेश गर्न सकेका छैनन्। अघिल्लो खेलमा मैदान आउने अपेक्षा गरिए पनि उनी प्लेइङ सेटमा थिएनन्।

सम्भावित प्लेइङ सेटः

मुम्बईः रोहित शर्मा, क्विन्टन डिकक, ईशान किसन, किरोन पोलार्ड, हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, जसप्रित बुमराह, राहुल चहर, जेम्स पटिन्सन, ट्रेन्ट बोल्ट

हैदराबादः डेबिड वार्नर, ऋद्धिमान साहा, मनिष पाण्डे, केन विलियम्सन, अब्दुल समद, अभिषेक खान, जेसन होल्डर, सन्दिप शर्मा, टी नटराजन, शाहबाज नदिम
 

प्रकाशित: Nov 03, 2020| 09:12 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।