सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी जवानले नै बालिका बलात्कार गरी हत्या गर्न खोजेपछि...

प्रहरी जवानले नै बालिका बलात्कार गरी हत्या गर्न खोजेपछि...

डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन्।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

डोटी-  समाजको शान्तिसुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध! सामान्यतः कल्पनाबाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन्।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ। डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन्।

उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानुनबमोजिम मुदा चल्ने भएको छ। 

प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको हो।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुन्ड्याएर हत्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्।

हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्यान जान सक्ने खतरा थियो। पीडित बालिकाका पिताले भने,  'सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल) ले रुखमा झुन्ड्याएको अवस्थामा भेटें। हतारहतार गएर दोपट्टा काटेर बचायौं।'

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो।

उपचारपछि बालिकाको होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ।

'नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आस गर्नु?, ती पिताले भने, 'हामीले छिटो न्याय पाउनुपर्छ। दोषीलाई कडा कारबाही हुनुपर्छ।' 

बालिकाको घाँटीमा दोपट्टाले लगाएको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ। घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमान्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए।

उनले भने,  “बालिकाको घाटीमा पासो लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु। ” 

निज प्रहरी जवानले बालिकालाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि नीलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैं फोन गर्ने गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। रासस

प्रकाशित: Nov 02, 2020| 15:34 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।