सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इयुसँगको सम्बन्ध प्रगाढ हुने प्रधानमन्त्रीको विश्वास

इयुसँगको सम्बन्ध प्रगाढ हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन्।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन्।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएकी थिइन्। रासस

प्रकाशित: Nov 02, 2020| 15:11 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।