सोमबार, भदौ १५, २०८३

भोलि काठमाडौंका विभिन्न ठाउँमा बिजुली नआउने

नेपाल विद्युत् प्राधिकरणले भोलि (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भोलि (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ। 

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ। रासस

प्रकाशित: Nov 02, 2020| 14:37 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।