सोमबार, भदौ १५, २०८३

यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ

श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। 

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–३ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारी रहेका छन्।

६६ वर्षीय एक महिलालाई घर सहयोगीका रुपमा राखी काम लगाईरहेकोमा अधिकारीले श्रीमती बिरामी भएको र थप उपचारको लागि भारत लगी उपचार गराउनुपर्ने भएको भन्दै सहयोगीका रुपमा लगेर गएका थिए।

आर्थिक प्रलोभनमा पारेर २ पुस २०७६ मा वीरगंजको रक्सौल हुँदै कलकता स्थितमुकुन्दपुर भन्ने ठाउँ पुर्‍याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

मानब बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा ब्यूरोको टोलीले पक्राउ गरेको हो।

प्रकाशित: Nov 02, 2020| 12:44 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।