सोमबार, भदौ १५, २०८३

चीनसँगको नाका बन्द भएपछि लिमीमा खाद्य संकट

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

सिमकोट- हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम सुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य संकटको चिन्ताले पिरोल्न थालेको छ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ।

गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य संकट निम्तिने भएको हो। 

विगतमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गर्थ्याे। यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो गरे।

बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताए। 

लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न सुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताए।  

उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य संकट भएको थियो। “अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य संकट निम्तिनेछ”, उनले भने। 

लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताए।

लिमीमा खाद्य संकट भएको गुनासो आएपछि तत्कालका लागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताए। 

जिल्ला खाद्य व्यवस्था समितिको बैठकले  जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ तर माग गरेकोमध्ये अहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको छ।

सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजार क्विन्टल स्वीकृत भएको छ। चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार १०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिए।

यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुईदुई हजार क्विन्टलका दरले स्वीकृत भएको छ। छप्रेला वितरण केन्द्रका लागि ५००, याङ्गचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भएको तर बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन। 

श्रीनगर डिपोमा १५० क्विन्टल र सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात छ। ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको संकट नहुने देखिएको छ। 

स्थलमार्गबाट नेपालगन्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु पाँच हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु पाँच हजार ४९०, धनगढीदेखि सिमकोटसम्म रु छ हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु पाँच हजार, सुर्खेतदेखि यान्चुसम्म रु चार हजार ८०० ढुवानी लाग्ने गरेको छ। यस्तै हवाई मार्गबाट प्रतिकेजी नेपालगन्ज–सिमकोटको रु ११३ र सुर्खेत–सिमकोट ढुवानी गर्दा रु १०८ पर्ने गरेको विष्टले बताए। -रासस

 

प्रकाशित: Nov 02, 2020| 02:37 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।