सोमबार, भदौ १५, २०८३

तीन प्रहरी सहित चारजना घुस प्रकरणमा पक्राउ

नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, प्रहरी जवान, सशस्त्र प्रहरीका जवfन र एक व्यापारी घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

जनकपुरधाम- प्रदेश २ मा तीनजना प्रहरी सहित चारजना घुस सहित पक्राउ परेका छन्।

नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, प्रहरी जवान, सशस्त्र प्रहरीका जवfन र एक व्यापारी घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले सप्तरीमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको छ। त्यस्तै अख्तियारको बर्दिबासबाट खटेको टोलीले महोत्तरीमा सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार घुस सहित पक्राउ  गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयिग बर्दिवासले जनाएको छ ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए। उनले सेवाग्राहीसँग लिएको घुस प्रहरी जवान रामइश्वर मण्डलमार्फत स्थानीय व्यापारी जय नारायण यादवलाई राख्नका लागि दिएकोमा तीनै जनालाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानले घरायसी प्रयोगको लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १७ हजार ६०० रुपैयाँ घुस मागेकोमा गौशाला नगरपालिका वडा नं. २ निगौल चौकबाट रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 01, 2020| 17:22 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।