सोमबार, भदौ १५, २०८३

अहंकार र आवेगले समाधान दिँदैन : नारायणकाजी

 काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन कार्यकर्तालाई अपिल गरेका छन्। आ–आफ्नो ठाँउबाट पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न पनि उनले अनुरोध गरेका छन्।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

 काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन कार्यकर्तालाई अपिल गरेका छन्। आ–आफ्नो ठाँउबाट पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न पनि उनले अनुरोध गरेका छन्।

प्रवक्ता श्रेष्ठले आज फेसबुकमा लामो स्टाटस लेख्दै फुट–फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरूका चाहना र जनादेशविरुद्ध हुने बताएका छन्। 

'हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहिनेत पसिना लगाएर हासिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन,' उनले लेखेका छन्, 'फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवम् कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ।'

श्रेष्ठले पार्टीको नियमित बैठक बस्न र सबै पक्षहरूका बारेमा खुला छलफल गर्न पनि आग्रह गरेका छन्।

'पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक  कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन,' उनले भनेका छन्, 'तसर्थ यतिवेला पार्टी एकताको रक्षाका निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ– पार्टीको विधि पद्धति, एवम् निर्णयको पालना र कार्यान्वयन।' 

उनले व्यक्तिवाद, अहङ्कार, आवेग र आक्रोशले समाधान नदिने बताउँदै देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न आग्रह गरेका छन् र सकारात्मक निष्कर्ष निकाल्न भनेका छन्। 'जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्। सबैले समयमै सोचौं,' श्रेष्ठले भनेका छन्।
 

प्रकाशित: Nov 01, 2020| 16:16 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।