सोमबार, भदौ १५, २०८३

कैलालीमा जीप दुर्घटना, १५ जना घाइते

कैलालीमा भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका–४, बाजपानीमा आज जीप दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

धनगढी- कैलालीमा भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका–४, बाजपानीमा आज जीप दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार डोकेबजारबाट कोलडीतर्फ जाँदै गरेको सु.प. ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा घोडाघोडी नगरपालिका–८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका–४ का ४० वर्षीय भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका–२ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँका ४७ वर्षीय मोहनकुमार उपाध्याय, ६० वर्षीय कविराज भण्डारी र मोहन्याल गाउँपालिका–४ का ३५ वर्षीया बसन्ती भण्डारी घाइते भएका छन्।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र सावित्र पाण्डे, घोडाघोडी नगरपालिका–८ का ७६ वर्षीय बीरबहादुर बुढा, घोडाघोडी नगरपालिका–५ का यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका–४ का १५ वर्षीय खगेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका–१ की १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर तथा सोही ठाउँका ६२ वर्षीय केवलसिह ठकुरी घाइते भएका छन्। 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटना भएको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। सो जीपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 01, 2020| 13:20 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।