सोमबार, भदौ १५, २०८३

दाहाल भन्छन्, ओलीको प्रस्ताव अलग होऔं भन्ने छ 

‘प्रधानमन्त्रीले अब सकिँदैन भने अलग–अलग बाटो जाऔं भन्ने प्रस्ताव गर्नुभयो।’
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी ओलीले पार्टी फुटाउन चाहेको बताएका छन्।

पार्टीमा देखिएको विवाद समाधानका विषयमा आइतबार आफ्नो निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा दाहालले प्रधानमन्त्री ओली पार्टी फुटाएर अलग हुन चाहेको  खुलासा गरेका हुन्।

‘प्रधानमन्त्रीले अब सकिँदैन भने अलग–अलग बाटो जाऔं भन्ने प्रस्ताव गर्नुभयो,’ दाहाललाई उधृत गर्दै स्रोतले भन्यो।

११ दिन लामो संवादहीनता तोडेर शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको थियो। सो छलफलमा सहमति नजुटेपछि दाहालले आइतबार आफू पक्षीय नेताहरूसँग परामर्श गरेका थिए। सोही क्रममा दाहालले अब प्रधानमन्त्रीसँग सहमति हुन नसक्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीसँग सहमति हुन नसकेपछि दाहालले केही समयदेखि नेताहरुसँग भेटेर र त केहीसँग टेलिफोनमै छलफल गरिरहेका छन्। आइतबार भने बहुमत प्राप्त सचिवालय सदस्यहरुसँग  छलफल गरेका थिए। 

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए।

‘पार्टी र बैठकको निर्णय नमान्ने भन्नुहुन्छ,’ दाहालले भनेका थिए, ‘हिजो आएर त उहाँले नसकिने भए अलग–अलग हिसाबले अघि बढौं पो भन्नुभयो।’

सत्तारुढ नेकपाभित्र यो विवादले अब पार्टी फुट नजिक पुगेको हो कि भन्ने आशंका गर्न थालिएको छ। यसलाई महासचिव विष्णु पौडेलको पछिल्लो धारणाले पनि प्रस्ट पार्छ 

दुई अध्यक्षबीचको संवादहीनता तोड्न क्रियाशील रहँदै आएका महासचिवले आइतबार दिउँसो पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट आइपरेको प्रतिक्रिया दिएका थिए। 

पार्टीभित्र देखिएको विवाद एकपछि अर्को रुपमा चुलिँदै गइरहेको उनको आशय थियो। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्नुपर्ने भन्दै उनले पार्टी एकताको रक्षाका लागि योगदान गर्न नेताकार्यकर्ता तथा सदस्यहरुलाई अनुरोध पनि गरेका थिए। 

७९ दिन लामो विवाद २६ भदौमा सम्पन्न भएको स्थायी कमिटीको बैठकबाट समाधान भएको थियो। तर, त्यसको एक महिना पनि नपुग्दै नेकपामा फेरि विवाद तीव्र भएको छ।  

पछिल्लो समय स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, प्रधानमन्त्रीले सहमति विपरित मन्त्रिपरिषद् हेरफेर गरेको, राजदूत नियुक्ति लगायत पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवादले टकरावको स्थिति ल्याएको हो।

प्रकाशित: Nov 01, 2020| 12:35 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।