सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियामा आन्तरिक कोरोना संक्रमण शून्यमा झर्‍यो

अस्ट्रेलियामा आन्तरिक कोरोना संक्रमण शून्यमा झर्‍यो

अस्ट्रेलियामा कोरोना भाइरसकाे आन्तरिक संक्रमण पाँच महिनापछि शून्यमा झरेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- अस्ट्रेलियामा कोरोना भाइरसकाे आन्तरिक संक्रमण पाँच महिनापछि शून्यमा झरेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि आन्तरिक संक्रमण पुष्टि नभएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। 

अस्ट्रेलियामा ९ जुनयता ५ महिनापछि आन्तरिक संक्रमण शून्यमा झरेको हो। भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलेको थियो। 

जहाँ १ सय १२ दिनको लकडाउनपछि दोस्रो दिन आन्तरिक संक्रमण शून्यमा झरेको छ। संक्रमण दर शुन्यमा झरेपछि स्वास्थ्य अधिकारीहरुले अब धेरै क्षेत्रमा रहेका प्रतिबन्धहरु हटाउन सकिने बताएका छन्। 

‘हाम्रा सबै अद्भूत स्वास्थ्य संयन्त्र र सार्वजनिक स्वास्थ्य कार्यकर्ता एवम् अन्य सबै अस्ट्रेलियावासीलाई धन्यवाद।’ स्वास्थ्य मन्त्री जर्ज हन्टले ट्वीटरमा लेखेका छन्। अस्ट्रेलियामा हालसम्म २७ हजार ५ सयमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९ सय जनाको मृत्यु भइसकेको छ। 

झण्डै २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा लकडाउनपछि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई व्यापकता दिइएको थियो। 
कोरोनाबाट मृत्यु हुनेमध्ये झण्डै ९० प्रतिशत रहेको भिक्टोरियामा लकडाउनका नियम निकै कडा पारिएको थियो। 

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा जम्मा ५ जनालाई कोरोना पुष्टि भएको थियो, ती संक्रमित अन्य देशबाट प्रवेश गरेका हुन्।

प्रकाशित: Nov 01, 2020| 12:28 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।