सोमबार, भदौ १५, २०८३

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ३६२ को मृत्यु

काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणबाट आइतबारसम्म ३६२ जनाको मृत्यु भएको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणबाट आइतबारसम्म ३६२ जनाको मृत्यु भएको छ। 

सबैभन्दा बढी काठमाडौंमा २३४ जनाको मृत्यु भएको छ। यस्तै ललितपुरमा ६२ र भक्तपुरमा ६२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

मन्त्रालयका अनुसार काठमाडौंमा आजसम्म ६३ हजार २१७ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ४६ हजार ७५४ जना कोरोनामुक्त भएका छन् भने १६ हजार २२९ जनाको उपचार भइरहेको छ। 

भक्तपुरमा कुल संक्रमितको संख्या पाँच हजार ७९५ पुगेको छ। तीमध्ये चार हजार ७२९ जना निको भएका छन्। एक हजार जना सक्रिय संक्रमित छन्। 

ललितपुरमा आठ हजार ९५८ जनामा कोरोना संक्रमण भएकामा ६ हजार ५५४ जना कोरोनामुक्त भएका छन्।  सक्रिय संक्रमितको संख्या दुई हजार ३४२ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

देशभर आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।  कुल संक्रमितको संख्या एक लखा ७३ हजार ५६७ पुगेको छ भने एक लाख ३४ हजार ८४२ जना कोरोनामुक्त भएका छन्। 

सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ। निको हनुे दर ७७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: Nov 01, 2020| 12:20 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।