सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको उपचारमा धरौटी नलिनू : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितको उपचारमा धरौटी नलिनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ।

साथै धरौटी लिएर मात्रै उपचार गर्नेे भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले उपचार अगाडि धरौटी लिन नपाउने बताए। मन्त्रालयले धरौटी लिन पाउने कुनै निर्देशन मन्त्रालयले नदिएको उनले स्पष्ट पारे।

कोरोना संक्रमितको उपचारका लागि भन्दै विभिन्न निजी तथा सरकारी अस्पतालहरुले धरौटी नलिई भर्ना नगर्ने भन्दै सूचना निकालेका छन् ।
 

प्रकाशित: Nov 01, 2020| 10:53 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।