काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ हजार ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ७८९ जना संस्थागत आइसोलेसनमा र ३० हजार ९८६ जना होम आइसोलेसनमा छन्।
२ हजार ३८६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
आज २ हजार २६४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ३५ हजार ८४२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।