सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा महासचिव पौडेल भन्छन्- पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट

नेकपा महासचिव पौडेल भन्छन्- पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

पार्टीभित्र देखिएको विवाद एकपछि अर्को रुपमा चुलिँदै गइरहेको अवस्थामा पौडेलेको यस्तो प्रतिक्रिया आएको हो।

ट्विट गर्दै पौडेलले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्नुपर्ने बताएका छन्। उनले पार्टी एकताको रक्षाका लागि योगदान गर्न नेता, कार्यकर्ता तथा सदस्यहरुलाई अनुरोध पनि गरेका छन्। 

नेकपा महासचिव पौडेल भन्छन्- पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट
नेकपा कर्णाली प्रदेशमा देखिएको विवाददेखि लिएर केन्द्र स्तरमा भइरहेको विभिन्न विवादमा अल्झिएको छ। पार्टीमा देखिएको विवाद २६ भदौमा सम्पन्न भएको स्थायी कमिटीको बैठकले केही निरुपण गरे पनि त्यसको एक महिना नपुग्दै पुनः पुरानै अवस्थामा फर्किएको छ।

प्रकाशित: Nov 01, 2020| 09:12 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।