सोमबार, भदौ १५, २०८३

युवकको हत्या गरी फरार तीनजना पक्राउ

काठमाडौंको टोखा नगरपालिका–५ धापासीमा एक युवकको हत्या गरी फरार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–५ धापासीमा एक युवकको हत्या गरी फरार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार बिहान १० बजे धापासीस्थित देवी मन्दिर परिसरमा गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भई  टोखा नगरपालिका–६ शिवमन्दिर बस्ने २४ वर्षीय आशिष मगरलाई अज्ञात समूहले कुटपिट गरी छातीमा धारिलो हतियार प्रहार गरेको थियो।

त्यसपछि समूहका सबै सदस्य फरार भएका थिए। घाइतेको उद्धार गरेर तत्कालै चिरायु अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो। 

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

पक्राउ पर्नेमा संखुवासभा घर भई हाल काठमाडौंको टोखा नगरपालिका–५ धापासी बस्ने १९ वर्षीय दोर्जे शेर्पा, सोही ठाउँ बस्ने २६ वर्षीय डेडे भभिने राम श्रेष्ठ र स्याङ्जा गल्याङ ३ बस्ने २७ वर्षीय रवि थापा मगर छन्।

तीनैजनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Nov 01, 2020| 07:15 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।