काठमाडौं– काठमाडौंको गोंगबु नजिकै पवित्रनगर क्षेत्रबाट दस किलो गाँजासहित तीन जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी प्रभाव गोंगबको टोलीले गाँजासहित तीनजनालाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–२६ स्थित मेघा गेस्ट हाउस नजिकै बा ९० प ६२८९ नम्बरको स्कुटरबाट नीलो रङको प्लास्टिकमा लुकाएर राखिएको गाँजा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
स्कुटरबाट झोला झिकेर गेस्ट हाउसतर्फ जाने क्रममा प्रहरीलाई शंका लागेर जाँच गर्दा उनीहरू पक्राउ परेका थिए।
पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका–६ बस्ने २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपालिका– १ का २५ वर्षीय ईश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका– ६ का १९ वर्षीय गणेश मैनाली छन्।
उनीहरुको साथबाट बरामद गाँजासँगै प्रहरीले बा ९० प ६२८९ नम्बरको स्कुटर र सात हजार रुपैयाँ पनि बरामद गरिएको छ।