सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व प्रहरी सहायक निरीक्षकको हत्या, हत्या आरोपी पक्राउ

पूर्व प्रहरी सहायक निरीक्षकको हत्या, हत्या आरोपी पक्राउ

पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालका हत्या आरोपी पक्राउ परेका छन्। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

धनगढी- पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालका हत्या आरोपी पक्राउ परेका छन्। 

हत्या आरोपमा दार्चुलाको लेकम गाउँपालिका ४, टकनाका ४८ वर्षीय पालको हत्या आरोपमा सोही ठाउँका ३२ वर्षीय रमेश पाल पक्राउ परेको प्रहरीले जनाएको छ। 

घरभन्दा ६ मिटर टाढा टाउकोमा लठ्ठी प्रहार गरेको अवस्थामा शनिबार पालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले बताए। 

रिठातौपताबाट प्रहरी नायव निरीक्षक लोकेन्द्र पुजारा र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले छानबिन गर्दा हत्या भएको खुलेको थियो।  

‘टाउकोमा लठ्ठीले प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले भने, ‘हत्या गरेर फरार रहेका रमेश पाललाई पक्राउ गरिएको छ।’

हत्या गरेर फरार रहेका रमेशलाई प्रहरी चौकी सेरा बैतडीको सहकार्यमा आइतबार बिहान ७ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Nov 01, 2020| 06:22 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।