सुर्खेत- रुकुमपश्चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
जिल्ला सदरमुकाम मुसीकोटबाहेक सबै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको जिल्ला सभापति प्रेमप्रकाश वलीले जानकारी दिए। उनका अनुसार चौरजहारीमा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दिपेन्द्र ओली र सानीभेरीमा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो। मुसीकोट नगर सभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै प्रेम वली विजयी भएका हुन्। कुल खसेको २३७ मतमध्ये वली १६० मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिद्वन्दी मल्लले भने ६६ मत मात्र प्राप्त गरेका थिए।