शुक्रबार, फागुन २९, २०८२

चिनियाँ सहयोगमा पाकिस्तानमा पहिलो मेट्रो रेल

रेल पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक करिब साढे दुई लाख मानिसले यात्रा गर्न सक्ने बताइएको छ।  
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

चीनको सहयोगमा पाकिस्तानमा पहिलोपटक मेट्रो रेल सेवा सञ्चालनमा आएको छ। पञ्जाब प्रान्तको सहर लाहोरबाट व्यावसायिक रेल सेवा सुरु भएको हो।

National life

चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा रेल सेवा सुरु भएको बीबीसीले जनाएको छ। यो करिब ३०० अर्ब रुपैयाँको परियोजना हो।

२७ किलोमिटर लामो रेलमार्गमा दुई दर्जनभन्दा बढी स्टेसन छन्। मेट्रोमा यो दूरी करिब ४५ मिनेटको हो। रेल पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक करिब साढे दुई लाख मानिसले यात्रा गर्न सक्ने बताइएको छ।  

रेलमार्ग निर्माणका लागि ५ वर्ष लागेको थियो। यस अवधिमा ७ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र रेल सञ्चालन तथा मर्मतका लागि यसले स्थानीयका लागि करिब दुई हजार रोजगारी सिर्जना गर्ने पाकिस्तान सरकारले बताएको छ।

प्रकाशित: Oct 27, 2020| 02:25 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।