शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा एक जनामा कोरोना संक्रमण देखिएपछि सहरका ४७ लाखमा परीक्षण गरिँदै

चीनमा एक जनामा कोरोना संक्रमण देखिएपछि सहरका ४७ लाखमा परीक्षण गरिँदै

चीनको सिन्जियाङ प्रान्तमा एक जनामा काेराेना भाइरस संक्रमण देखिएपछि सरकारले एउटा सहरका पूरै मानिसमा परीक्षण गर्न लागेको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

बेइजिङ- चीनको सिन्जियाङ प्रान्तमा एक जनामा काेराेना भाइरस संक्रमण देखिएपछि सरकारले एउटा सहरका पूरै मानिसमा परीक्षण गर्न लागेको छ।

National life

चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलोपटक कोरोना भाइरस संक्रमित फेला पारिएको हो।

कासगार शहरमा करिब ४७ लाख मानिसको परीक्षण र्गा लागिएको अधिकारीहरुले जनाएका छन्। 

सहरको बाहिरी भेगस्थित सफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलोपटक लक्षणविनाको संक्रमण देखिएको थियो।

सहरमा अहिलेसम्म लक्षण नदेखिएका १३८ संक्रमित फेला गरेका छन्।

Laxmi sunrise bank
kumari

संक्रमण दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर ससानो संख्यामा संक्रमण फैलिने क्रम जारी छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नियमित परीक्षणका क्रममा ती महिला संक्रमित रहेको फेला पारिएको हो।

कासगार सहरका विद्यालय बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई सहर छोड्ने अनुमति दिइएको छैन।

आइतबार अपराह्णसम्म कासगार सहरका २८ लाख मानिसको परीक्षण गरिएको छ र बाँकी मानिसको दुई दिनभित्र परीक्षण सकिने अधिकारीले बताएका छन्।

यसअघि अक्टोबर सुरुमा चिङदाओ सहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो। बीबीसी

प्रकाशित: Oct 26, 2020| 09:55 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।