शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • सुन तस्करको सञ्जाल तोड्न सक्रिय छौं : एसपी गंगा पन्त (अन्तर्वार्ता)

सुन तस्करको सञ्जाल तोड्न सक्रिय छौं : एसपी गंगा पन्त (अन्तर्वार्ता)

चाडपर्वमा आर्थिक अपराध बढी हुन्छ। मान्छे लुटिन सक्छन्। कसैको केही चोरी हुन सक्छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका ५ स्थित श्रीगणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद गर्यो। विशेष सूचनाका आधारमा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको नेतृत्वमा प्रहरीले झन्डै १९ करोड रुपैयाँ बराबरको सुन बरामद गरी राजस्वमा बुझाएको छ।।

triton college

सुन तस्करी, सीमा क्षेत्रमा कोरोना महामारीका बेला प्रहरीले अपनाएको सुरक्षा व्यवस्थालगायतका विषयमा नेपाल समयका लागि वीरगन्ज सहकर्मी जियालाल साहले एसपी पन्तसँग गरेको छोटो कुराकानीः 

कसरी भेटियो २३ किलो सुन?

हामीले विशेष सूचनाका आधारमा तीन दिनअघिदेखि अपार्टमेन्टमा निगरानी बढाइरहेका थियौं। तीन दिनसम्म फ्ल्याटमा कोही आएन। त्यसपछि जनप्रतिनिधि र अपार्टमेन्टको अन्य तलामा बस्ने केही व्यक्तिहरुको रोहबरमा कोठाबाट सुन बरामद गरेका हौं। 

बरामद सुन कारोबारमा कस्ता व्यक्तिको संलग्नता रहेछ?

corrent noodles
Metro Mart

सुन बरामद गरिएको अपार्टमेन्ट जन्मसिद्ध आधारमा नागरिकता लिएकी एक जना महिलाको नाममा छ। पछिल्लो समय त्यहाँ मान्छे बसेको  देखिएन। तर बस्दै नबसेको भने होइन रहेछ।

हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं। निष्कर्षमा पुग्न समय लाग्छ। सुन तस्करीमा विभिन्न देश, सिमाना र व्यक्तिहरु प्रयोग भएका हुन्छन्। तस्करहरुको ठूलै गिरोह पनि संलग्न भएको हुन सक्छ। त्यसैले यो सजिलो अनुसन्धान होइन। हामी तस्करहरुको सञ्जाल तोड्ने गरी अनुसन्धानको गहिरामा पुग्न खोज्दै छौं। 

बरामद सुन तस्करीमा भारतीय जनता पार्टीका उम्मेदवार प्रमोद सिन्हाको संलग्न रहेको भन्ने कुरा सत्य हो? 

प्रमोद सिन्हालाई म चिन्दिनँ। अपार्टमेन्टमा बस्दै आएकी निवेदिका सिन्हाको नाम सुनेको हुँ। उनका पिता भारतीय नागरिक हुन् भन्ने तपाईंहामीलाई धेरैलाई थाहा छ। अहिले भारतमा चुनाव नजिकिँदै छ। त्यसैले चुनाव खर्चका लागि सुन तस्करी भएको हो कि भनेर शंका गर्ने ठाउँ छ। तर हामीले यस्तो केही जानकारी पाएका छैनौं।  

प्रहरीले रक्सी, गाँजा, अफिम जस्ता वस्तु फेला पार्दा एक घण्टामै पुष्टि गर्न सक्छ तर सुन बरामद गर्दा पहेंलो वस्तु मात्रै भन्नुको कारणचाहिँ के होला?

गाँजा, अफिमजस्ता पदार्थ देख्नेबित्तिकै चिनिन्छ। सोहीअनुसार डकुमेन्ट तयार भएर सञ्चारमाध्यमलाई जानकारी गराउँछौं। तर पहेंलो धातु सबै सुन नहुन सक्छ। त्यसको परीक्षण गर्ने सबै विधि र उपकरण हामीसँग हुँदैन।

त्यसैले राजस्व कार्यालयमा बुझाइसकेपछि मात्र यसबारे थप स्पष्ट हुन सकिन्छ। हामी कुनै ठाउँमा छापा पादा स्थानीयवासी र जनप्रतिनिधिलाई रोहबरमा राख्छौं। सुन बरामद भएको अपार्टमेन्टमा पनि त्यसै गरेका हौं। कानुनअनुसार अनुसन्धानका सबै विधि पु¥याएर भिडियो खिचेका छौं। सबै कुरा भिडियोले बोल्छ।
 
सुन बरामद भएको ठाउँमा ६ करोड नगदसमेत रहेको हल्ला छ नि?

यो निराधार कुरा हो। छापा मार्दा सँगै रहेका जनप्रतिधिधि र अपार्टमेन्टका केही व्यक्तिहरु साक्षी हुनुहुन्छ। उहाँहरुसँग बुझे हुन्छ। हामीलाई थाहा छ–प्रहरीविरुद्ध अनेक अफवाह फैलाउन सजिलो हुन्छ। नकारात्मक कुरा बढी बिक्छ पनि। तस्करमा संलग्न व्यक्तिहरुले नै यस्तो हल्ला फैलाएका हुन सक्छन्। 

खुला सीमामा हुने तस्करी नियन्त्रण गर्न कठिन छैन? 

अवश्य कठिन छ। केही मिडियाले सानासाना विषयलाई पनि सनसनी बनाउँदा अवस्था जटिल बनिदिन्छ। त्यसलाई जनताले पत्याइदिन्छन्। तर हामी आफ्नो जिम्मेवारीबाट विचलित हुँदैनौं। खुलेआम तस्करी छैन र हुन पनि दिइन्न। तर खुला सिमानामा भएकाले चुनौती छँदै छ। त्यसका लागि प्रहरी प्रशासन सजग छ। 

तस्करी नियन्त्रणमा प्रहरी सफल नभएको आरोप छ नि? 

इमानदारीसाथ काम गर्नेलाई अनेक आरोप लगाउनु राम्रो होइन। कति त तस्करीलाई आफैं संरक्षण गर्छन् अनि प्रहरीमाथि दोष लगाउँछन्। म दाबी गर्छु, पर्साको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त छ। हामीले सक्दो मेहनत गरेका छौं। त्यसैले मलाई राम्रो काम गर्न नसकेको जनगुनासो छ जस्तो लाग्दैन। कसैले आरोप लगाउँछ भने त्यसमा सत्यता छैन। 

तल्ला तहका प्रहरी कर्मचारीको पनि ग्यारेन्टी लिन सक्नुहुन्छ? 

सीमा नाकामा नेपाल प्रहरी मात्रै छैन। सशस्त्र प्रहरी बल पनि छ। नेपाल प्रहरी जवान मिलेर तस्करी हुन सक्दैन। हाम्रो जनशक्ति निकै थोरै छ। मुख्य सिमानामा सशस्त्र प्रहरी खटिएको हुन्छ। त्यसैले नेपाल प्रहरी दुई जवान मिलेर तस्करी हुँदैन र रोक्न पनि सकिँदैन। बुझ्नुपर्ने कुरा यही हो। तर मैले यसमा अर्काे संगठनलाई दोषारोपण गर्न खोजेको होइन। सीमामा नेपाल प्रहरीको कुनै भूमिका छैन भन्न खोजेकी हुँ। 

चाडपर्वमा कालोबजारी बढेको गुनासो सुनिन्छ। नियन्त्रण गर्ने योजना कस्तो छ? 

चाडपर्वमा आर्थिक अपराध बढी हुन्छ। मान्छे लुटिन सक्छन्। कसैको केही चोरी हुन सक्छ। आर्थिक कारोबार हुने ठाउँमा प्रहरी परिचालन गरिएको छ। घरझगडा मिलाउनेदेखि अन्य क्षेत्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी पनि प्रहरीकै हुन्छ। कतै कालोबजारी भएको गुनासो आएमा सकेसम्म तत्काल पुग्छौं। मैले २१ वर्ष लामो सेवा अवधिमा कुनै गलत कामसँग सम्झौता गरेको छैन र गर्न पनि दिन्नँ। संगठनभित्र एकाध मानिसले गडबड गरे भन्दैमा सबैलाई एउटै घानमा हाल्नु भएन नि। 

पर्सामा शान्तिसुरक्षा कायम राख्न जनताको साथ र समर्थन कत्तिको पाउनुभएको छ?

पहिलो चरणको लकडाउनमा धेरै मानिस प्रहरीले घुम्न दिएन, मास्क लगाउन भन्यो, ज्यादती ग¥यो जस्ता आरोप लगाएर हामीमाथि खनिए। तैपनि प्रहरीले आफ्नो काम छोडेन। दोस्रो चरणको लकडाउनमा पर्सा कोरोना भाइरस संक्रमणको हट स्पटका बन्यो। अनि जिल्लावासीले धेरै कुरा बुझे। हामीले पनि जनताबाट सोचेभन्दा बढी सहयोग पाउन थाल्यौं। 

प्रहरीको चाडपर्व कस्तो हुन्छ? 

हाम्रो सेवामा यही चाहिँ दुःखलाग्दो पक्ष हो। हामी राष्ट्र र जनताका लागि भनेर वा आफ्नै आवश्यकता पूरा गर्न जागिर खान्छौं। तर प्रहरी मात्रै यस्तो पेसा हो जहाँ चाडपर्वमा बिदा पाइँदैन। चाडपर्वमा हामीलाई अझै दुःख हुन्छ। जिम्मेवारी पनि बढी हुन्छ। जहाँ रहे पनि साथीभाइहरुसँग रमाउनै पर्यो। 
 

प्रकाशित: Oct 24, 2020| 01:58 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...