शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको भिसा लिने लाइनमा भागदौड हुँदा अफगानिस्तानमा १५ जनाको मृत्यु

पाकिस्तानको भिसा लिने लाइनमा भागदौड हुँदा अफगानिस्तानमा १५ जनाको मृत्यु

अफगानिस्तानमा पाकिस्तानका लागि भिसा लिने लाइनमा लागेका व्यक्तिहरुबीच भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका लागि भिसा (प्रवेशाज्ञा)  लिने लाइनमा लागेका व्यक्तिहरुबीच भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

National life

पाकिस्तानी कन्सुलेटको कार्यालयबाहिर जम्मा भएका हजारौँ मानिसबीच हिजो भागदौड भएको र त्यसमा अरु थुप्रै व्यक्ति घाइते भएको पाकिस्तानी समाचारमाध्यम डनले जनाएको छ।

उसका अनुसार अफगानिस्तानको पूर्वी सहर जलालाबादमा यो घटना भएको हो। भिसाका लागि आवेदन दिन कन्सुलेट कार्यालयबाहिर  झन्डै तीन हजार मानिस जम्मा भएका थिए।

उनीहरुले भिसा आवेदनका लागि टोकन लिँदै गर्दा भागदौड मच्चिएको हो। एक प्रत्यक्षदर्शीका अनुसार अचानक भागदौड भएपछि अनियन्त्रित बनेको भीडमा थुप्रै मानिस लडेर च्यापिएका थिए।

फर्मुल्ला नाम गरेका एक व्यक्तिले भने, ‘म रातिदेखि नै लाइनमा लागेका थिएँ। केही व्यक्तिहरु आक्रोशित हुँदै आए र धक्का दिन थाले। हामीमध्ये केही व्यक्ति भुइँमा लडे।’

Laxmi sunrise bank
kumari

पूर्वी अफगानिस्तानको जलालाबाद सहरका काउन्सिल सदस्य सोहराब कादरीले घटनामा ११ महिलाको मृत्यु भएको र घाइते हुनेमा केही उच्च अधिकारीसमेत रहेको बताएका छन्।

जलालाबादका एक अधिकारीले पाकिस्तानका लागि भिसा आवेदन गर्नेको संख्या अनियन्त्रि रुपमा बढेको उल्लेख गरेका छन्।

पाकिस्तानी अधिकारीहरुले भिसा आवेदनका लागि भएको भीड नियन्त्रणका लागि अफगानिस्तान सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: Oct 21, 2020| 08:47 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।