शुक्रबार, फागुन २९, २०८२

पहिरनका कारण फिनल्याण्डकी प्रधानमन्त्री विवादमा

अधिकांशले प्रधानमन्त्रीको बचाउ गर्दै उनको सौन्दर्य, शक्ति र स्वतन्त्रताको तारिफ गरेका छन्। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं-  फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले एक फेशन म्याग्जिनका लागि तस्बिर खिचाएपछि उनी विवादमा तानिएकी छन्। 

National life

एकातिर उनको पहिरन पद सुहाउँदो नभएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ। अर्कोतिर उनका समर्थकले उस्तै फोटो खिचाएर सामाजिक सञ्जालमा अपलोड पनि गरिरहेका छन्। 

फिनल्याण्डका धेरै पत्रिकाले यसबारेमा लेख र समाचार प्रकाशित गरेका छन्। अधिकांशले प्रधानमन्त्रीको बचाउ गर्दै उनको सौन्दर्य, शक्ति र स्वतन्त्रताको तारिफ गरेका छन्। 

कस्तो छ तस्बिर
तस्बिरमा प्रधानमन्त्री सना मरिन लो कट ब्लेजर र ज्वेलरीका साथ देखिएकी छन्। आलोचकहरुले उनको पोशाकले शरीरको बढी नै प्रदर्शन गरेको र सरकार प्रमुखको पद सुहाउँदो नभएको टिप्पणी गरेका छन्। 

३४ वर्षीया सना मरिन विश्वकै सबैभन्दा कम उमेरकी तेस्रो सरकारप्रमुख हुन्। १० डिसेम्बर २०१९ मा प्रधानमन्त्रीको पद सम्हालेकी उनी त्यसअघि ६ महिना यातायात र सञ्चार मन्त्री थिइन्।

Laxmi sunrise bank
kumari

मरिन फिनल्याण्डकी अहिलेसम्मकै कम उमेरकी प्रधानमन्त्री र विश्वमा अहिलेसम्मकै कम उमेरकी महिला सरकार प्रमुख पनि हुन्। 

फेशन पत्रिकामा प्रकाशित उनका तस्बिरको आलोचनापछि सामाजिक सञ्जालमा उनका समर्थकको बाढी नै लागेको छ। उनीहरुले  #iamwithsanna भन्दै प्रधानमन्त्रीको समर्थनमा पोष्ट गरिरहेका छन्। 

मरिनका समर्थकहरु पहिरनका आधारमा हुने टिप्पणी पुरुषको तुलनामा महिलाप्रति बढी लक्षित हुने गरेको बताइरहेका छन्। 

उनीहरुले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको उदाहरण दिंंदै पुरुष राजनीतिज्ञले टपलेस तस्बिर प्रकाशन गर्दा पनि प्रशंंसा नै भएको बताएका छन्। 

करिब दुई महिनाअघि मात्रै प्रधानमन्त्री मरिनले विवाह गरेकी हुन्। 

प्रकाशित: Oct 15, 2020| 08:27 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।