सोमबार, वैशाख २८, २०८३

राष्ट्रपति ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। 

National life

प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी छन्।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन । 

प्रथम महिला मेलानीयाले भनेकी छन्, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ।”

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन्।

प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताएकी छन्।
रासस

प्रकाशित: Oct 15, 2020| 06:37 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।