शुक्रबार, वैशाख २८, २०८१

'चाडपर्वमा प्रहरीलाई अत्यावश्यकबाहेक बिदा छैन'

देशैभर सादा पोसाकमा प्रहरी परिचालन हुनेछन्। काठमाडौंमा जारी महिला हिंसाविरोधी ‘सेफ्टी पिन’ अप्रेसन जारी रहनेछ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

आगामी शनिबारदेखि दसैं सुरु हुँदै छ। त्यसलगत्तै तिहार र छठपर्व आउँछन्। यस वर्ष चाडपर्व मनाउन विगतमा जस्तो सहज छैन। देशैभर कोरोना भाइरस संक्रमण बढ्दो छ। विगतमा पनि अन्य समयमा भन्दा चाडपर्वमा शान्तिसुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। महामारीका बेला नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन कसरी गर्दै छ त ? यस विषयमा नेपाल समयका बीपी अनमोलले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतसँग गरेको कुराकानीः 

triton college

चाडपर्वका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्थापन कसरी गर्दै छ?

कोरोना संक्रमण जोखिमलाई प्राथमिकता दिँदै सबै प्रदेश र जिल्लामा सुरक्षा योजना तयार भएर लागू भइसकेको छ। यात्रु सहायता कक्ष स्थापना भइसकेका छन्। आवश्यक ठाउँमा थप जनशक्ति परिचालन गरिएको छ।

चाडपर्वका बेला देशैभर प्रहरीको कति जनशक्ति परिचालन हुन्छन्?

देशैभर प्रहरीका ४८ हजार ८३० जनशक्ति परिचालन गर्दै छौं। उपत्यकामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र सातवटै प्रदेशमा रहेका कार्यालयले जनशक्ति परिचालन गर्नेछन्।

corrent noodles
Metro Mart

ट्राफिकसहितको संयुक्त चेकिङ र यात्रु सहायता कक्ष राखिएको छ। प्रहरीसँगको संयुक्त चेकिङमा ४९० जना ट्राफिक प्रहरी परिचालन हुनेछन् भने २६४ यात्रु सहायता कक्ष राख्ने निर्णय भइसकेको छ।  

गत वर्षको तुलना सुरक्षा व्यवस्थापनमा केही चुनौती त होला नि ?

सुरक्षा चुनौती बढ्नु स्वाभाविकै हो। हामीले त्यसलाई मूल्यांकन गर्दै व्यवस्थापन गर्ने हो। प्रविधिको पनि विकास भइरहेको अवस्थामा सुरक्षा व्यवस्था चुस्त बनाइराख्न थप समस्या त छँदै छ। हामीले आवश्यकताअनुसार कुकुरको प्रयोग पनि गर्दै छौं। त्यस्तै काठमाडौं उपत्यकाका हकमा ड्रोन क्यामेराबाट अनुगमन गर्ने तयारी छ।

चाडपर्वका बेला अनुगमनमा भिन्नै संयन्त्र परिचालन हुन्छ कि?

देशैभर सादा पोसाकमा प्रहरी परिचालन हुनेछन्। काठमाडौंमा जारी महिला हिंसाविरोधी ‘सेफ्टी पिन’ अप्रेसन जारी रहनेछ। महिलामाथि सार्वजनिक यातायातमा दुव्यर्वहार नहोस् भनेर यस्तो गरिएको हो। बैंक र वित्तीय संस्था आसपासमा विशेष निगरानी र अनुगमन गर्ने तयारी छ।

ती स्थानमा लुटपाटका घटना नहोस् भनेर सादा पोसाकमा प्रहरी परिचालन गर्छौैं। बसोबास क्षेत्र, औद्योगिक क्षेत्र लगायत सडक र राजमार्ग क्षेत्रमा पनि गस्ती, पेट्रोलिङ र मोबाइल टोली परिचालन थप प्रभावकारी बनाउँछौं। 

कोरोना भाइरस संक्रमण रोकथाममा प्रहरीले कस्तो भूमिका निर्वाह गरिरहेको छ?

कोरोना संक्रमण जोखिम बढिरहेको छ। पहिले त प्रहरी कर्मचारीले नै स्वास्थ्यको मापदण्ड अवलम्बन गर्नुपर्यो। दसैंतिहार, छठ, नेपाल संवत् लगायतका चाडबाडमा आमनागरिकलाई तडकभडक नगर्न र भौतिक दूरी कायम लगायतका सुरक्षा उपाय अवलम्बन गर्न अनुरोध गरेका छौं।

हामीले शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रणदेखि कोरोनाको संक्रमणलाई पनि रोकथाम गर्ने हिसाबले नै जनशक्ति परिचालन गर्ने योजना बनाएका छौं। आमनागरिक पनि सचेत र सजग भएमा निकै सहज हुन्छ। सबैको सहयोगबाट शान्तिसुरक्षादेखि अपराध नियन्त्रण र कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्छ। 

यसपटक चाडपर्वमा प्रहरी कर्मचारीले बिदा पाउँछन् कि पाउँदैनन्? 

हामी सामान्यतया चाडपर्वमा बढी खट्नुपर्ने हुन्छ। चेक प्वाइन्ट बढी थप्नुपर्ने र यात्रु सहायता कक्षदेखि अनुगमन पनि धेरै गर्नुपर्ने भएकाले हामी विशेष किसिमका बिदाबाहेक चाडपर्वमा बिदा दिन सक्दैनौं। अहिले झन् कोरोना भाइरस संक्रमणका कारण अवस्था  असहज छ। परिवारको सदस्यको मृत्यु भएमा, सुत्केरी बिदा र यस्तै अत्यावश्यकबाहेक अन्य बिदा दिइँदैन। 

कोरोना भाइरस संक्रमणसँगै बेरोजगारी लगायतका समस्या देखिएको छ। अहिले आपराधिक गतिविधि बढेको अवस्था हो?

बलात्कार र आत्महत्याका घटना बढेका छन्। त्यसका पछाडि धेरै कारण हुन सक्छन्। धेरैका रोजगारी गुमेका छन्। व्यापार व्यवसाय छैन। चोरी र लुटपाटका घटना बढी हुन सक्छ। यी सबै कुरा ख्याल गरेर प्रहरी परिचालन गर्छौं। 

प्रहरीमा कोरोना भाइरस संक्रमणको अवस्था उस्तै हो कि केही नियन्त्रण भइरहेको छ? संक्रमण नियन्त्रणका लागि आन्तरिक रुपमा केही योजना छ कि?

प्रहरीमा कोरोनामुक्त हुनेको संख्या उल्लेखनीय छ। अहिलेसम्म तीन हजार २१५ जना संक्रमणमुक्त भएर कार्य क्षेत्रमा फर्किसकेका छन्। करिब दुई हजार सक्रिय संक्रमित छन्। उनीहरुको स्वास्थ्य अवस्था  सामान्य छ। सुरक्षा मापदण्ड पहिलेदेखि नै अपनाइरहेकै अवस्था हो। अहिले अझ बढी सुरक्षा अपनाइएको छ। प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको छ। 

चाडपर्व आइरहेको छ, कोरोना संक्रमण उच्च छ। यस्तो अवस्थामा सर्वसाधारणले केमा ध्यान दिनुपर्ला?

कोरोना भाइरस महामारीका बेला चाडपर्व आएको हुनाले सबैमा अनुरोध छ, यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाऔं। अनावश्यक रुपमा आवतजावत नगरौं। चाडपर्वमा धेरै जमघट नहोऔं। चाडबाडका समयमा घर छोडेर कतै जानैपरेमा भएमा नजिकको प्रहरीलाई खबर गरौं। अहिलेको अवस्थामा हामी जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाऔं। 

देशको शान्तिसुरक्षाको अवस्था कस्तो छ?

अपराध अनुसन्धान र कुनै घटना भइहालेमा तत्काल कार्य क्षेत्रमा पुगिहाल्ने प्रहरीको पहिलो जिम्मेवारी हो। शान्तिसुरक्षाको अवस्था नराम्रो छैन। कोभिड–१९ को जोखिम उच्च रहे पनि प्रहरीले शान्तिसुरक्षा कायम राख्ने देखि लिएर अपराध अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ। 

प्रकाशित: Oct 15, 2020| 01:20 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...