शुक्रबार, फागुन २९, २०८२

उत्तर कोरियाको अनौठो जिन्दगी

उत्तर कोरियाका युवा तानाशाह किम जोङ उनको जस्तो हेयर स्टाइल बनाउन अन्य नागरिकलाई अनुमति छैन।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

उत्तर कोरिया आणविक शक्ति सम्पन्न मुलुक मानिन्छ। परमाणु हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण यो मुलुकले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ।

National life

संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका ४० प्रतिशत मानिस भोकमरीको चपेटामा छन्।

हालै आएको आँधी र कोरोना भाइरस संक्रमण रोक्न लगाइएका विभिन्न प्रतिबन्धका कारण देशको अर्थव्यवस्था निकै कमजोर छ।

अधिनायकवादी शासन व्यवस्था रहेको यो मुलुकका केही चलन जोकोहीका लागि अनौठा लाग्न सक्छ। 

कपालको स्टाइल

Laxmi sunrise bank
kumari

सत्तामा आएको एक वर्षपछि उत्तर कोरियाली नेता किम जोङ उनले कपालको स्टाइलबारे एउटा नयाँ कानुन लागू गरे। यो कानुनअनुसार पुरुषलाई १० वटा विकल्प दिइएको छ भने महिलालाई १८ वटा। तीन डिजाइनभन्दा बेग्लै हेयर स्टाइल बनाउन प्रतिबन्ध छ।

उत्तर कोरियाका युवा तानाशाह किम जोङ उन अत्यन्त क्रुर मानिन्छन्। आफ्नो हेयर स्टाइलका कारण पनि चर्चित उनको जस्तो हेयर स्टाइल बनाउन अन्य नागरिकलाई अनुमति छैन।

८ जुलाई र १७ डिसेम्बरमा जन्मोत्सव मनाउन निषेध

८ जुलाई र १७ डिसेम्बरमा जन्मिएका नागरिकले यो मितिमा आफ्नो जन्मदिन मनाउन पाउँदैनन्। यो मितिमा पूर्वशासक किम इल सुङ र किम जोङ इलको पुणयतिथि पर्छ। त्यसैले जन्मदिन मनाउन रोक लगाइएको हो।

जिन्समा प्रतिबन्ध

उत्तर कोरियामा जिन्स लगाउन पाइँदैन। अमेरिकालाई सबैभन्दा ठूलो दुस्मन ठान्ने उत्तर कोरियाली शासन व्यवस्था जिन्सलाई अमेरिकी पहिरनको प्रतीकका रूपमा हेर्छ।

सबै कुराको मालिक मानिस

उत्तर कोरियाले सन् २००९ देखि नयाँ विचारधार अपनाएको छ, जसलाई जुन्चे विचारधार भनिन्छ। यो विचारधारको प्रस्ताव सन् १९५५ मा किम इल सुङले गरेका थिए। यो विचारधारअनुसार, ‘मानिस सबै कुराको मालिक हो र उसले नै सबै चिज तय गर्छ।’

सन् १९९७ देखि आफ्नै क्यालेन्डर

उत्तर कोरियामा जुन्चे क्यालेन्डर अनुसारको मिति चल्छ जसलाई सन् १९९७ देखि लागू गरिएको हो। किम इल सुङको जन्मतिथि १५ अप्रिल १९१२ मा आधारित यो क्यालेन्डरमा महिनाचाहिँ परम्परागत ग्रेगोरियन क्यालेन्डर जस्तै हुन्छन्।

गाँजा उपभोगमा प्रतिबन्ध छैन

रूढिवादी देशका रुपमा चिनिने उत्तर कोरियाका अधिकांश नागरिक तानाशाहको अधीनमा गरिब र विवश जीवन बाँच्न वाध्य छन्। गाँजाको खेती र उपभोग यहाँ गैरकानुनी मानिँदैन।

देशको गौरव रंगशाला

मे १९८९ मा निर्माण सम्पन्न रुङराडो मे डे स्टेडियम देशको गौरव मानिन्छ। डेढ लाख मानिस अटाउने यो स्टेडियममा फुटबल र एथलेटिक्स जस्ता खेलबाहेक सामूहिक जिम्नास्टिक्सस र अन्य कलात्मक उत्सव आयोजना हुन्छ। यो विश्वकै ठूलो स्टेडियम हो।

पहिलोपटक भावुक देखिए क्रूर शासक

उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक रुपमा पहिलो पटक भावुक देखिएका छन्। सधैं कडा रुपमा प्रस्तुत हुने उनको आँखामा आँसु देख्दा धेरैलाई अनौठो लाग्यो।

गत शनिबार किम जोङले वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित सैनिक परेडका बेला भाषण गरेका थिए।

किम जोङ उनले बलिदान दिएका सैनिकप्रति आभार व्यक्त गरे र, जनताको जीवनस्तर उठाउन नसकेकोमा माफी पनि मागे।

उनले कोरियाको एकजना पनि नागरिक कोरोना भाइरसबाट संक्रमित नभएको बताए। उनले भने, ‘कोरोना भाइरसविरुद्ध अपनाइएका विभिन्न उपाय, अन्तर्राष्ट्रिय प्रतिबन्ध र पछिल्ला आँधीका कारण सरकारले जनताको जीवनमा सुधार ल्याउने वाचा पूरा गर्नबाट रोकिएको छ।’

प्रकाशित: Oct 13, 2020| 13:30 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।