सोमबार, फागुन १८, २०८२

चौमालामा पुल शिलान्यास

कैलालीको चौमाला बजार भएर बग्ने चौमाला खोला सडक पुलको शिलान्यास गरिएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

धनगढी- कैलालीको चौमाला बजार भएर बग्ने चौमाला खोला सडक पुलको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले शनिबार एक समारोहबीच पुलको शिलान्यास गरेका हुन्।

वाइपी कन्स्ट्रक्सन प्रालि पुल्चोक ललितपुरले पुल निर्माणको ठेक्का पाएको छ। २०८० असार भित्र निर्माण सक्नेगरि वाइपीले ठेक्का पाएको हो।

चौमाला कैलालीकै पुरानो बजार मध्ये एक हो। बजारको बीच भाग भएर बग्ने खोलामा पुल नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए। पुल शिलान्यास भएसँगै स्थानीय खुशी बनेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का सभापति दीनेशराज जोशी, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य नविन धामी, एमालेका जिल्ला सदस्य मदन ओझा, नेकपा एकीकृत समाजवादीका नेता खडक बमलगायतको उपस्थित रहेको थियो।

प्रकाशित: Sep 25, 2021| 11:52 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।