बिहीबार, असोज २२, २०८३

'सेक्स बेच्छौ, के तिमी संक्रमित हौ?'

अफ्रीकी देश दक्षिण सुडानमा सेक्स वर्कर र पुलिसबीचको एक भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा हातमा एके-४७ लिएका केही प्रहरी अधिकारीहरूले एक महिला सेक्स वर्करलाई हैरान गरिरहेको देख्न सकिन्छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- अफ्रीकी देश दक्षिण सुडानमा सेक्स वर्कर र पुलिसबीचको एक भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा हातमा एके-४७ लिएका केही प्रहरी अधिकारीहरूले एक महिला सेक्स वर्करलाई हैरान गरिरहेको देख्न सकिन्छ।

यस भिडियोलाई जुबा सिटी काउन्सिलका मेयरको कार्यालयले फेसबुक पेजमा पोष्ट गरेको छ। उक्त भिडियो हेरिसकेपछि धेरै मानिसले महिलालाई अपमान गरेको आरोपमा प्रहरीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।

यस भिडियोमा पुलिस अधिकारीले सेक्स वर्करसँग सोधेका छन्, 'तिमी सेक्स बेचिरहेकी छौं। के तिमीलाई थाहा छ तिमी यस देशलाई बद्‍नाम गरिरहेकी छौ। तिमी संक्रमित छौ या छैनौ भन। नत्र हामी तिमीलाई मेडिकल चेकअपका लागि अस्पताल लैजाने छौ।' एकपछि अर्को प्रश्न सोधिएपछि डराएकी महिलाले सबै प्रश्नको उत्तर दिएकी थिइन्।

यो भिडियो भाइरल भइसकेपछि मानिसहरूले प्रहरी अधिकारीले महिलाको अपमान गरेको आरोप लगाएका छन्। यस भिडियोले दक्षिण सुडानमा सेक्स वर्करसँग दुर्व्यवहार र शोषण हुने पुष्टि भएको बताइएको छ। 

दक्षिण सुडानमा वेश्यालय चलाउनु वा त्यसको मालिक हुनु अपराध मानिन्छ। वेश्यावृत्तिको कमाइले जीवन चलाउने वा महिलालाई जवरजस्ति वेश्यावृत्ति गराउनुलाई पनि अपराध मानिन्छ। पछिल्लो समय दक्षिण सुडानमा वेश्यावृत्ति बढ्दै गइरहेको छ। 

प्रकाशित: Sep 25, 2021| 10:37 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।