शनिबार, वैशाख १९, २०८३

अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला

अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ।
 |  शनिबार, असोज ९, २०७८

एएफपी

एएफपी

शनिबार, असोज ९, २०७८

काठमाडाैं-अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ। यसबाट हिमयुगको अन्त्य हुनु पहिले उत्तरी अमेरिकामा मानव सभ्यता रहेको दाबी वैज्ञानिकहरुले गरेका छन्। मानव पाइला धेरै पहिले नै सुकिसकेको एक तालको किनारा छेउमा पाइएको हो। 

National life

वैज्ञानिकहरुको टोलीले सन् २००९ मा ह्वाइट स्यान्ड नेसनल पार्कस्थित पहिलो पाइला फेला पारेको थियो। सोही आधारमा हालै करिब २२ हजार ५०० हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला पारिएको नेचरमा प्रकाशित छ। 

मानव पाइला हाल न्यु मेक्सिको मरुभूमिमा पर्ने सुख्खा तालको किनारमा लामो समयदेखि रहेको अनुसन्धाताहरुले बताएका छन्।

कतिपय वैज्ञानिकले भने अफ्रिकाबाट एसिया हुँदै सो मानवजाति अमेरिकासम्म पुगेको हुन सक्ने अनुमान गरेका छन् 

वन्यजन्तु वैज्ञानिकका रुपमा २००५ मा नेसनल पार्क पुगेका डेभिड बुस्टोसले यस्तो तथ्य फेला पारेका हुन्।  बेलायतस्थित बोर्नेमाउथ युनिभर्सिटीका वातावरण तथा भूगोल विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक माथ्यु बेन्नेटका अनुसार ह्वाइट स्यान्ड्स नेसनल पार्कको पूर्वतर्फ प्रसस्त मात्रामा मानव पाइला देखिएका छन्।

अध्ययन प्रतिवेदनमा भनिएको छ, कैयौँ पाइला बालबालिकाको र किशोर उमेर समूहको पाइएको छ। बालबालिकाको भन्दा वयस्क उमेर समूहको पाइला अलि कम छ। 

बालबालिकाहरु किशोर उमेर समूह सँगै खेल्ने गरेको पाइएको छ। त्यसै कारण पनि धेरै पाइला छोडेको हुन सक्ने अनुमान छ। शोधकर्ताका अनुसार हात्ती, भेडाजस्ता जनावरको पाइला पनि भेटिएको छ। सो मानवजाति अफ्रिका र एसिया भन्दाअघि अमेरिका कहिले पुगे भन्नेबारे अझै रहस्यमय रहेको वैज्ञानिकको टोलीले बताएका छन्। कतिपय वैज्ञानिकले भने अफ्रिकाबाट एसिया हुँदै सो मानवजाति अमेरिकासम्म पुगेको हुन सक्ने अनुमान गरेका छन् भने करिब २३ हजार वर्षदेखि २६ हजार वर्ष पहिले मानव जाति अमेरिका पुगेको हुन सक्ने बताएका छन्।

प्रकाशित: Sep 25, 2021| 06:25 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।