शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • लुम्बिनीको राजधानी अहिल्यै सारे पनि हामी तयार छौं : नुमानन्द सुवेदी (राप्ती गाउँपालिका अध्यक्ष)

लुम्बिनीको राजधानी अहिल्यै सारे पनि हामी तयार छौं : नुमानन्द सुवेदी (राप्ती गाउँपालिका अध्यक्ष)

हामीसँग भौतिक संरचना पर्याप्त छ। राप्ती प्राविधिक शिक्षालयका ३०/३५ वटा भवन छन्। मन्त्रालय, मन्त्री आवास, सभाहलसहितका सबै भवन तत्काल उपलब्ध गराउन सक्छौं।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

दाङको पूर्वीभागमा छ राप्ती गाउँपालिका। साविकका लालमटिया र सिसहनिया तथा हाँसीपुर गाविसका वडा नम्बर १ र २ वडालाई पुनर्संरचना गरेर राप्ती गाउँपालिका बनाइएको हो। यो भित्री मधेस तथा चुरे क्षेत्रमा अवस्थित छ। 

triton college

नौ वडा रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया हो। पूर्वमा राप्ती नदीपारि अर्घाखाँची जिल्ला र दक्षिणमा राप्ती नदी तथा गढवा गाउँपालिका, उत्तरमा घोसखोला र बंगलाचुली गाउँपालिका तथा पश्चिममा लमही नगरपालिकासँग सीमा जोडिएको राप्ती गाउँपालिकाअन्तर्गत पर्ने भालुवाङ क्षेत्रमा लुम्बिनी प्रदेशको स्थायी राजधानी कायम भएको छ। 

अति उर्वर यो क्षेत्रमा सिँचाइ सुविधासमेत छ। कृषिका लागि राम्रो सम्भावना रहेको यो क्षेत्रमा प्रदेश राजधानी राख्ने निर्णय भएसँगै अब कसरी त्यसको व्यवस्थापन हुन्छ? गाउँपालिकाले कसरी प्रदेश राजधानी राख्ने वातावरण बनाउँछ त? यिनै विषयमा आधारित रहेर राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसँग नेपाल समयका लागि बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :

तपाईंको गाउँपालिका लुम्बिनीको स्थायी राजधानी कायम भएको छ। कस्तो लागेको छ?

यसलाई मैले सहज रुपमा लिएको छु। यसका लागि म लुम्बिनीका मुख्यमन्त्री, माननीय सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु। यो हाम्रा लागि निकै खुसी र गौरवको कुरा हो।  

corrent noodles
Metro Mart

भालुवाङ क्षेत्र राजधानीका लागि पायक पर्ने ठाउँमा हो र? 

भालुवाङ क्षेत्र प्रदेशका १२ वटै जिल्लाको मध्यमामा पर्छ। राजनीतिक दृष्टिले मात्र होइन, सामाजिक लगायतका अन्य हिसाबले गर्दा पनि राजधानीका लागि यो ठाउँ उपयुक्त छ। यहाँ सामाजिक सुरक्षा, खानेपानी, भौतिक सुविधा राम्रो छ। परासी, बर्दिया लगायतका तराई क्षेत्रबाट मात्र होइन, पहाडी जिल्लाका लागि पनि नजिक पर्ने ठाउँ हो भालुवाङ। 

भौतिक संरचना निर्माण गर्नुपर्ला, तत्काल सम्भव छ त्यहाँ राजधानी सार्न?

हामीसँग भौतिक संरचना पर्याप्त छ। राप्ती प्राविधिक शिक्षालयका ३०/३५ वटा भवन छन्। मन्त्रालय, मन्त्री आवास, सभाहलसहितका सबै भवन तत्काल उपलब्ध गराउन सक्छौं। हामीसँग अन्य भौतिक संरचना तयारी अवस्थामा छन्। त्यसैले अहिल्यै सार्न खोजेमा पनि हामी तयार छौं। 

संरचना बनाउन आवश्यक जमिनको व्यवस्थापन कसरी हुन्छ?

हामीसँग भौतिक संरचना निर्माण र अन्य प्रयोजनका लागि पर्याप्त जग्गा छ। गाउँपालिका त्यो जमिन उपलब्ध गराउन तयार छ। 

भालुवाङ बजार क्षेत्र अहिलेसम्म सरकारी जमिनमा छ। अब प्रदेश राजधानी बस्ने भएपछि त्यहाँका बासिन्दाले कस्तो सुविधा पाउँछन्?

अहिलेसम्म गाउँपालिकाका कुनै अन्य ठाउँमा बस्ने जनताभन्दा उहाँहरु भिन्नै हुनुहुन्न। उहाँहरुले अझै बढी सुविधा पाइरहनुभएको छ। प्रदेश राजधानी बसेपछि उहाँहरुको स्थायित्वदेखि विकास निर्माणका सबै काम हुन्छ। त्यसले समग्र राप्ती गाउँपालिकाका लागि राम्रो हुनेछ। 

भालुवाङ क्षेत्र राजधानी तोकिएपछि विरोध पनि भइरहेको छ नि?

आफ्नो ठाउँमा रहेको राजधानी स्थायी रूपले अन्यत्र सार्दा विरोध गर्नु स्वाभाविकै हो। तर विरोध गर्नुपर्ने अवस्थाचाहिँ थिएन। राप्ती गाउँपालिकालाई कसैले दयाले प्रदेशको राजधानी बनाएको होइन। जनतालाई सुशासन दिन सहज हुने भएकै कारणले राखिएको हो। मैले पहिले पनि प्रदेशको राजधानी आउँछ भने जग्गा उपलब्ध गराउँछु भनेर प्रतिबद्धता गरेको थिएँ। अब कार्यान्वयन गर्ने बेला आएको छ। 

छिमेकी गाउँपालिका र जिल्लासँग कसरी समन्वय गर्नुहुन्छ?

अर्घाखाँचीको सीमामा रहेका स्थानीय तह, दाङकै गढवा गाउँपालिका, लमही उपमहानगरपालिका, घोराही उपमहानगरपालिका लगायतका स्थानीय तहसँग यसअघि देखि नै समन्वय र सहकार्य भइरहेको छ। राजधानी नै बस्ने भइसकेपछि थप समन्वय र सहकार्य हुन्छ नै। त्यस्तै कपिलवस्तु, गुल्मी, परासी देखि रुपन्देहीलगायतसँग पनि सम्बन्ध राम्रो रहन्छ। लुम्बिनीको राजधानी घोषणा भइसकेपछि आफूले लिनुपर्ने जिम्मेवारी लिन म गाउँपालिकाको अध्यक्षको हैसियतले तयार छु।

जग्गा किनबेच रोक्का गरिएको छ। अब के हुन्छ?

किनबेच रोक्का त केही समयका लागि हो। राजधानी आइसकेर भवन लगायतका संरचना बनाउने काम सुरु भएपछि फुकुवा होला। तत्कालीन अवस्थामा भूमाफियाको चलखेल बढी हुने भएकाले रोक्का गरिएको हो। प्रदेश सरकारले मालपोत र नापी कार्यालयलाई पत्राचार गरेर रोकेको छ। रातारात सबै जग्गा किनबेच गर्ने, कित्ताकाट गर्ने काम भयो भने समस्या हुन सक्छ। 

सहरी सौन्दर्य बिगार्न नदिन कसरी योजना बनाउनुहुन्छ?

त्यसका लागि हामी विज्ञ र प्राविधिकसँग सल्लाह लिएर काम गर्छौं। राजमार्गको उत्तरतर्फ मन्त्री, कर्मचारीका आवासगृह बनाउन सकिन्छ। शान्तिसुरक्षाका लागि सुरक्षा निकायका भवन र आवास निर्माण हुन्छन्। अस्पताल, मेडिकल कलेज, आन्तरिक हवाई क्षेत्र बनाउनुपर्ला। त्यसका लागि पनि हामी तयार छौं। सौन्दर्य बिगार्ने भन्दा पनि  राजधानीलाई कसरी नमुना बनाउन सकिन्छ भनेर काम गर्नेछौं। 

अन्त्यमा के भन्न चाहनुहुन्छ?

कोही पनि साथीहरु निराश हुनुपर्ने र कोही हौसिनुपर्ने अवस्था छैन। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मअनुसार राजधानी कायम भएको हो। अब हामीलाई सबैको सहयोग चाहिन्छ। सबैको सहभागिता हुनुपर्छ। नवलपरासीदेखि बर्दियासम्मका सबै साथीहरुलाई भन्न चाहन्छु– सबै मिलेर अघि बढौं, समृद्ध प्रदेश बनाऔं।

प्रकाशित: Oct 06, 2020| 11:03 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...