शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनको आक्रोश– नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!

गगनको आक्रोश– नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!

नेपाली कांग्रेसका नेता गगन थापाले अधिवेशनको मिति सारिएकोमा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता थापाले पार्टीका शीर्ष नेताप्रति कटाक्ष गरेका हुन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अधिवेशनको मिति सारिएकोमा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता थापाले पार्टीका शीर्ष नेताप्रति कटाक्ष गरेका हुन्। 

उनले १३ जिल्लामा अधिवेशनको टुंगो नभएको र पार्टी विधिमा नचलेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले नेता आदेश दिने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने स्थिति पार्टीमा रहेको बताएका छन्।

कांग्रेस पुनर्निर्माण ह्यासट्याग राखेर उनले बेहालमा पार्टी चलाइरहने कि बदल्ने भन्दै प्रश्नसमेत गरेका छन्। ‘१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने,’  थापाले भनेका छन्, ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने सोचौं।’ 


प्रकाशित: Sep 24, 2021| 15:20 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...